सुनगाभाको लेन्सबाट यस्ता देखिए, मौलिक भेषभूषामा सजिएका आदिवासी (फोटोफिचर)
पाेखरा | साउन २५, २०८१
पोखरा: आज ३० औं विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।
संयुक्त राष्ट्र संघको आदिवासी जनजाति हेर्ने कार्यदलको पहिलो बैठक बसेको दिन अगष्ट ९ तारिखलाई विश्व आदिवासी दिवसको रुपमा मनाइँदै आइएको छ ।
पोखरामा ३० औं विश्व आदिवासी दिवस साउन २५ गते विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
३० औं विश्व आदिवासी दिवस संविधान प्रदत्त अधिकार आदिवासीहरुको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर भन्ने नारासहित मनाइँदै छ ।
पोखरामा मानवअधिकार चोकबाट चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, लखनचोक हुँदै सभागृहसम्म आदिवासीहरुको मौलिक भेषभुषा, पहिचान र संस्कृतिको प्रदर्शनसहित झाँकी तथा ¥याली समेत निकालिएको छ ।
मौलिक भेषभूषामा सजिएर पोखराको सडकमा निस्किएका आदिवासीहरुलाई सुनगाभा न्यूजको लेन्सबाट हेर्नुहोस्:












पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

